तनहुँमा मङ्सिर १७ देखि मतदाता नामावली सङ्कलन गरिने

तनहुँ । तनहुँका स्थानीय तहमा मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्कलन गरिने भएको छ ।
जिल्लाको भिमाद नगरपालिकामा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म र ऋषिङ गाउँपालिकामा मङ्सिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली सङ्कलन हुने कार्यालयले जनाएको छ ।
यस्तै घिरिङ गाउँपालिकामा मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म र शुक्लागण्डकी नगरपालिकामा मङ्सिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली सङ्कलन हुनेछ ।
त्यस्तै देवघाट गाउँपालिकामा मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म र आँबुखैरेनी गाउँपालिकामा मङ्सिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली सङ्कलन हुनेछ ।
बन्दिपुर गाउँपालिकामा मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म र भानु नगरपालिकामा मङ्सिर २९ गतेदेखि पुष ९ गतेसम्म मतदाता नामावली सङ्कलन हुनेछ ।
म्याग्दे गाउँपालिकामा मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म मतदाता नामावली सङ्कलन हुने कार्यालयले जनाएको छ ।
व्यास नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला निर्वाचन कार्यालय रहेको दर्ता स्थलबाट मतदाता नामावली सङ्कलन हुने निर्वाचन अधिकृत हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।
अन्य जिल्लाको स्थायी नागरिक विभिन्न पेशा र रोजगारको सिलसिलामा तनहुँमा बसोबास गरेका नागरिकले आफ्नो स्थायी बसोबासको स्थानमा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा गएर मङ्सिर १७ गतेदेखि नामावलीमा नाम दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।
बुधवार कार्यालयले राजनीति दल र सरोकारवालासँग छलफल समेत गरेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मतदाता नामावली सङ्कलन अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कोही नछुट्ने गरी मतदाता नामावली सङ्कलन अभियान सुरु हुँदैछ ।’
जिल्लामा गत कार्तिक मसान्तसम्म २ लाख २९ हजार ८६३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्