तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउँदै

 रुपन्देही ।  राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउँदै हुनुहुन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा पुस्तकालय भवन उद्घाटन कार्यक्रमका लागि  राष्ट्रपति लुम्बिनी आउन लाग्नुभएको हो  ।लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औँ विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्दैछ  ।

बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मङ्सिर १३ गतेदेखि १७ औँ विश्वविद्यालय दिवस मनाउँदै छ । दिवसको मुख्य कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button