आज प्रधानमन्त्री देउवाले हेटौँडामा सम्बोधन गर्नुहुने

हेटौँडा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा आज हुने नेपाली कांगे्रसको १४ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
साथै उहाँबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिनुभयो । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा आज (बिहीबार) बिहान ११ बजे सुरु हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्