तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा देखा परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा अहिलेसम्म देखा नपरेको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकी तथा एसियाका केही मुलुकहरू फैलिरहेको ओमिक्रोन भाइरस नेपालमा भने देखा नपरेको तर मन्त्रालयले आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जनाएको हो । 

मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले नयाँ देखिएको भेरियन्टलाई समयमा नै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न सम्बन्धित सबै निकायले तीव्र रुपमा काम गरिरहेको जानकारी दिनुभयो । 

मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन पनि आग्रह गरेको छ । 

ओमिक्रोन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने भएकाले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमीक्रोनलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

May be an image of text

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button