तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । 

मुख्यमन्त्रीमा नियुक्त भएको आज २९औँ दिनमा शाहीले प्रदेशसभामा २२ मत प्राप्त गरेर विश्वासको मत लिनुभएको हो । 

सभामुख राजबहादुर शाहीले प्रदेश सभामा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बहुमतले विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभयो । 

सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी)का ३, मुख्यमन्त्री शाहीसहित काँग्रेसको–६, मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य सोशिला शाहीले समेत समर्थन गरेपछि उहाँको पक्ष कुल २२ मत खसेको थियो । 

योसँगै कर्णाली प्रदेशसभामा चार दलीय गठबन्धन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आज अनुपस्थित रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button