तपाईँ सुन्दै हुनुहुन्छः

सिञ्जा बस दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

 

जुम्ला  । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित थार्पीबाडामा बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । 

बुधवार (आज) बिहान साढे ६ बजे बस दुर्घटना हुँदा चालक दैलेख गुराँस गाउँपालिका–१ निवासी वर्ष ३२ का नवीन रावल र सहचालक कालिकोट पलाता गाउँपालिका–९ निवासी वर्ष २३ का विशाल बमको घटनास्थलमै मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो । 

दुवै जनाको सनाखतपछि शवको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उहाँले जानकारी दिनुभयो । 

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला थार्पीबाडा गाउँमा दुर्घटना भएको थियो  ।  

दुर्घटनामा परी घाइते भएका कनकासुन्दरी गाउँपालिका वडा नं. ४ निवासी वर्ष ४० की युक्ति कार्की र सोही वडाका वर्ष २५ बिरबल घर्तीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button