तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको चनौलीस्थित मालपोत कार्यालयमा अख्तियारको छापा

फाइल तस्बिर

चितवन । पश्चिम चितवनको चनौलीस्थित मालपोत कार्यालयमा अख्तियारले छापा मारेको छ । 

आज मध्यान्ह १२:०० बजेतिर अख्तियार टोलीले छापा मारेको स्थानीय पत्रकार रामशरण गैरेले जानकारी दिनुभयो । 

टोलीले मालपोत प्रमुख मुकुन्द पौडेललाई निगरानीमा राखेर कागजात, चेक र नगद नियन्त्रणमा लिएको गैरेले बताउनुभयो  ।  “१५ लाखको चेक र तीन लाख नगद, कागजात अख्तियार टोलीले बरामद गरेको छ”, उहाँले भन्नुभयो,  “मालपोत प्रमुखलाई अलग्गै कोठामा राखेर सोधपुछ गरेको छ । हामीलाई भेट्न दिइएको छैन ।”

किन र के कारण छापा मारियो भन्ने विषयमा थप जानकारी केही समयपछि आउने बताइएको छ । 

अख्तियारको टोलीले अहिले पनि घटनास्थलमा विवरण सङ्कलन गरेको गैह्रैले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button