तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चमा पहिलो पटक गोलाप्रथाबाट इजलास गठन,तोकियो २१७ मुद्दाको पेशी

file photo

काठमाडौं । सर्वोच्च अदालतमा आज गोलाप्रथाद्वारा ११ वटा इजलास गठन गरिएको छ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली अनुसार पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलोपटक ११ इजलास गठन गरिएको हो ।

नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

आजका ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान पर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button