तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौँ । सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । 

मङ्गलवार प्रेस सेन्टर ललितपुरको चौथो जिल्ला अधिवेशनमा उहाँले पत्रकारहरूले पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताउनुभयो । त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उहाँले बताउनुभयो ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउनुहुँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि मन्त्री शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button