विभिन्न जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरूमा आज जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४४ वटा जिल्लाको मत परिणाम समेत आइसकेको छ भने धादिङ, कपिलवस्तु, सुर्खेत, बागलुङ लगायतका केही जिल्लामा मतदान सम्पन्न भई मतगणनाको काम जारी रहेको छ ।

यसैगरी अछाम, सिन्धुपाल्चोक लगायतका केही जिल्लामा १३ र १४ गतेका लागि जिल्ला अधिवेशनको मिति तोकेको नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी चितवन, मकवानपुर, कैलाली लगायतका जिल्लामा जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको निर्वाचन समितिका सचिव श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्