तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्कलन सुरु हुने

विराटनगर । मोरङमा फोटोसहित मतदाता नामावली सङ्कलन मङ्सिर १७ गतदेखि शूरु हुने भएको छ । 

प्रदेश निर्वाचन कार्यालय, प्रदेश न १ ले यही मङ्सिर १७ गतेदेखि मोरङका स्थानीय तहमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सुरु गर्न लागेको हो ।

विराटनगरमा आज आयोजित राजनीतिक दल तथा सरोकारवालाहरू सँगको अन्तरक्रियामा १६ वर्ष उमेर पुगिसकेका नेपाली नागरिकलाई मतदाता नामावलीमा सहभागी गराइने जनाइएको छ । 

कार्यालयका अनुसार, पहिलो चरणमा १४ वटा स्थानीय तहमा कार्यक्रम सुरु हुने छ । जसअनुसार  मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पथरी शनिश्चरे नगरपालिका, सुनवसी नगरपालिका, सुन्दर हरैचा नगरपालिका, बेलवारी नगरपालिका तथा कटहरी गाउँपालिका, वुढिगंगा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा मतदाता नामावली सकंलन कार्य सुरु हुने छ । 

त्यसपछि  पुस ४ देखि पुस १८ गतेसम्म लेटाङ नगरपालिका, रतुवा माई नगरपालिका तथा जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका, धनपालथान गाउँपालिका, केराबारी गाउँपालिका तथा कानेपोखरी गाउँपालिकामा मतदाता नामावली सङ्कलन कार्य सुरु गरिने निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यव अधिकारीले बताउनुभयो ।

त्यस्तै विराटनगर पालिका सहित अन्य पालिकाहरूले विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय रङ्गेली र इलाका प्रशासन कार्यालय उर्लाबारीमा मतदाता नामावली सङ्कलन कार्यको व्यवस्था मिलाइएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदाता नामावली सङ्कलन कार्य उमेर पुगेका नेपाली नागरिक कोही पनि छुट्न नहुने र त्यसका लागी राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।  

मोरङमा २०७७ साल पुस ५ गते सम्मको तथ्याङ्क हेर्दा मतदाताको सङ्ख्या ६ लाख ६९ हजार ४ सय ९० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button