तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

पाल्पा । पाल्पामा नेकपा माओवादी केन्द्रको पालिका तथा नगर अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सकिएको छ । तानसेन नगरपालिकामा प्रतीक्षा सिंजाली, तिनाउ गाउँपालिकामा राजेश श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै बगनासकाली गाउँपालिकामा कृष्ण भुसाल, रिब्दीकोट गाउँपालिकामा नारायणबहादुर कार्की, रामपुर नगरपालिकामा यमबहादुर सुनार अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै रम्भा गाउँपालिकामा हिमाल अर्याल र रैनादेवी छहरा गाउँपालिकामा तुलाराम गरम्जा निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

माओवादी केन्द्रका जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button