तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिका मध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । 

शनिबार भएका दश वटै पालिका मध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ । 
बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ । 

केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भडेँल, कालीमाटी गाउँपालिकामा रुद्र बहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्र कुमार थापा, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारी, सिद्ध कुमाख गाउँपालिकामा राम बहादुर बस्नेत, दार्मा गाउँपालिकामा चन्द्र बहादुर रावत र छत्रेश्वरी गाउँपालिकामा प्रेम बहादुर खड्का निर्वाचित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button