तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन: नुवाकोटको सभापतिमा महत विजयी

नुवाकोट । नेपाली काँग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी हुनुभएको छ । 

सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । 

सभापतिमा निर्वाचित महतले ८३३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी डा केदार नरसिंह केसीले ८२३ मत प्राप्त गर्नुभयो । 

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा वैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी हुनुभएको छ । शुक्रवार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणना भने जारी छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button