नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा माओवादी केन्द्र: मन्त्री श्रेष्ठ
भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अघि बढिरहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र, मध्यपुर ठिमी नगर सम्मेलनको आज उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी लागिपर्ने बताउनुभयो ।

संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेकाले निर्वाचनसम्म गठबन्धन कायम रहने मन्त्री श्रेष्ठको भनाइ छ ।
उहाँले संविधानमा व्यवस्था भएको पैतृक सम्पत्तिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरूमा व्यवस्था गरिसकिएको पनि जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्