तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारको स्वास्थ्य ऐन पारित

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाबाट पारित भएर आएका स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख मिश्रले प्रदेश नंं २ का सरकारले निर्माण गरेको ‘स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

१७ चैत २०७७ सालमा प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त विधेयक २०७८ असोज २६ गते प्रदेश सभाबाट पारित भएको थियो । स्वास्थ्य सेवासम्बन्धी ऐन कार्यान्वयनमा आएसँगै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार हुने अपेक्षा प्रदेश सरकारको रहेको छ ।

ऐनमा प्रत्येक सामुदायिक विद्यालयमा किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवासहित अन्य स्वास्थ्य सम्बन्धी सेवा, शिक्षा दिन क्रमशः नर्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ । अहिले सरकारले केही विद्यालयमा करारमा नर्सको नियुक्त गरेको छ । 

निजी विद्यालयको हकमा भने स्वास्थ्य सेवा ऐन लागू भएको एक वर्षभित्र प्रत्येक विद्यालयले अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । एक वर्षभित्र निजी विद्यालयले विद्यालयमा स्टाफ नर्स वा अनमी नराखेको खण्डमा त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गर्ने प्रावधान ऐनमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button