तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औ महाधिवेशन : सुधाकरले समर्थन गरे पछि राजेश बलियो उम्मेदवार

कपिलवस्तु । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अGt{गत कपिलवस्तुमा जिल्ला सभापतिका लागि उम्मेदवारी दर्ता भएपछि चुनावी माहौल तातेको छ ।

नेपाली कांग्रेस कपिलवस्तुमा जिल्ला सभापतिका लागि ३ जनाको नाम चर्चा पाए पनि लामो प्रयास पछि नेता राजेश आचार्यलाई सुधाकर पाण्डेयले समर्थन गरेका छन् ।

पार्टी सभापतिका लागि नेता राजेश आचार्यले उम्मेदवारी दर्ता गराएको उहाँको प्रस्तावमा नेता सुधाकर पाण्डेय रहेको क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयले बताउनुभयो । लामो प्रयासपछि नेता आचार्य र पाण्डेय बीच सहमति भएको उनले बताए । यस सँगै कांग्रेस कपिलवस्तुको सभापतिमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

कपिलवस्तुको क्षेत्र नं. १ अब्दुल मन्नान खाँ र ३ मा ब्रह्मानन्द उपाध्याय देउवा पक्षका क्षेत्रीय सभापति निर्वाचित भएको र अधिकांश देउवा पक्षीय नेताहरू निर्वाचित भएकाले देउवा पक्षका उम्मेदवार राजेश आचार्य बलियो उम्मेदवारका रुपमा रहेका नेताहरू बताउँछन् । कपिलवस्तुको क्षेत्र नं। २ मा पौडेल पक्षीय क्षेत्रीय सभापतिमा केशव श्रेष्ठ र पौडेल पक्षीय नेताहरू निर्वाचित भएकाले अब्दुल कलाम पनि प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।

जिल्लाका १० स्थानीय तहका, ६ प्रदेश सभा निर्वाचन क्षेत्र र तीन प्रतिनिधिसभा मध्ये सबै तहमा चुनाव र सर्बसहमतिबाट नेतृत्व छनौट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने भएको छ । सुधाकरले समर्थन गरे पछि राजेश बलियो उम्मेदवार बनेका छन् । जिल्ला सभापतिको निर्वाचनमा ६०,४० को अनुमान गरिएको छ । ६० प्रतिशत मत राजेशको खेमामा छ भने कलामको खेमामा ४० प्रतिशत मत रहेको जिल्ला नेताहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button