तपाईँ सुन्दै हुनुहुन्छः

सभापतिमा चारजनाको नाम दर्ता

दाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रवार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षबाट तीन र संस्थापन इतरबाट एक गरी चार जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको हो । उहाँहरू तीनै जना संस्थापन पक्षका हुनुहुन्छ ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराउनुभएको छ । उहाँ हालका जिल्ला सचिव हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button