तपाईँ सुन्दै हुनुहुन्छः

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौँ : नेता थापा

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ । 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।” 

नेता थापाले स्थानीय तहमा सहमतिमा नै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभाव पर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निष्कर्ष निकाल्छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button