तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौँ । मङ्सिर ९–२४ (नोभेम्बर २५–डिसेम्बर १०) सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै छ ।


यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने थुपै्र सङ्घसंस्थाले बिहीबारदेखि १६ दिनसम्म हिंसाविरुद्ध विविध कार्यक्रम गर्दै छन् ।

नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ भने ‘अरेन्ज द वल्र्ड : इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ ।

सरकारले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउने उद्देश्यले सङ्घ, प्रदेश, जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहदेखि वडास्तरीय, विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्न आह्वानसमेत गरेको छ ।
अभियानको सन्दर्भमा १६ दिनसम्म देशभर लैङ्गिक हिंसा निवारणका असल अभ्यास, न्यायको पहुँच, महिलामाथि हिंसा हुने हानिकारक अभ्यास, कोभिड–१९ को असरलगायतका विषयमा अन्तरक्रिया गरिनेछ ।

नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदीबहिनी (प्याट्रिया, मिनर्भा र मारिया)ले समानताको आवाज उठाउँदा त्यहाँको तत्कालीन तानाशाहको निर्देशनमा उनीहरूको हत्या भएको थियो । ल्याटिन अमेरिकी देशहरूले तीन दिदीबहिनीको साहसको कदर गर्दै २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थाल्यो । त्यसको तीन दशकपछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने घोषणा ग¥यो । त्यसपछि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका दिनलाई हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर जागरणमूूलक कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाइँदै आइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button