पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
आज राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा सिंगापुर, न्यजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया राख्नुहोस्