तपाईँ सुन्दै हुनुहुन्छः

एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन भोलिदेखि सुरु हुँदै

काठमाडौँ । एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन भोलिदेखि ललितपुरमा सुरु हुने भएको छ । 

सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा दुई दिनसम्म चल्ने सो सम्मेलन भोलिदेखि ललितपुरस्थित होटल हिमालयमा हुने भएको हो । 

‘आवास तथा बस्ती सम्बन्धी क्षेत्रीय सिकाई एवं सहकार्य’ भन्ने नारा राखिएको यस सम्मेलनमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाई तथा चुनौती र नेपालले कार्यान्वयन गरेका कार्यहरूबारे सिकाई आदान–प्रदान हुने जनाइएको छ । 

एसिया सेल्टर फोरमले आज पत्रकार सम्मेलन गरे सो सम्मेलनमा भौतिक रुपमा एसियाली महादेशका ३० जना विदेशीसहित दुई सय प्रतिनिधिको सहभागिता रहने र भर्चुअल माध्यमबाट विभिन्न देशका चार सय बढी व्यक्ति तथा संस्थाका प्रतिनिधि सहभागी हुने जनाएको छ । 

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाई तथा चुनौती र नेपालले कार्यान्वयन गरेका कार्यहरूबारे सिकाइबारे छलफल हुने छ भने दोस्रो दिन आवास तथा बस्तीसँग सम्बन्धित अभ्यास केन्द्रित प्रस्तुतीकरण, समूहगत छलफल, घटना अध्ययन तथा खुला छलफल हुनेछ । 

यस्तै, तेस्रो दिन एसियाली महादेशका प्रतिनिधिहरूलाई विपद् प्राधिकरणले विपद्पछि गरेका पुनर्निर्माण स्थलगत अध्ययन गराउने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button