काँग्रेस भक्तपुर क्षेत्र नं. २ को सभापतिमा कार्की विजयी

भक्तपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित हुनु भएको छ । सचिवमा ईश्वर खड्का र सबिन ढुङ्गेल तथा सहसचिवमा शुसन प्रजापति र मिना चित्रकार श्रेष्ठ विजय हुनु भएको छ ।
महिला सदस्यमा रिना महर्जन, खुल्ला सदस्यमा बाबुकाजी डङ्गोल, बिरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, आदिवासी जनजाति महिलामा मधु श्रेष्ठ विजयी हुनु भएको छ । आदिवासी जनजाति खुल्लातर्फ हरिभक्त हेक्का, वीरेन्द्र प्रजापति, खस आर्य महिलातर्फ दुर्गा न्यौपाने, खस आर्य खुल्लातर्फ प्रल्हाद कार्की, अचुत केसी विजय भएको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रमा कोइराला पौडेल, जिल्ला सभापति दुर्लभ थापा, अष्टकुमार कवें, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर र सन्तोष भट्टराई, अन्जनादेवी मध्यकर्मी, प्रमीला सुबेदी आचार्य र कमला कर्माचार्य विजयी हुनु भएको छ ।
यस्तै आदिवासी जनजाति खुल्लातर्फ ज्ञानदास प्रजापति, दिलकृष्ण प्रजापति र रामकाजी चक्रधर विजयी हुनु भएको छ भने खस आर्य महिलातर्फ सङ्गीता थापा, सुमित्रा सापकोटा, खस आर्य खुल्लातर्फ अचुतप्रसाद मिश्र, लछुराम न्यौपाने र उमेश खड्का विजयी हुनु भएको छ ।
दलिततर्फ पूर्ण नेपाली बिसुँके, मुस्लिम अपाङ्ग मधेसीतर्फ कसबहादुर कोजु, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति महिलातर्फ नारायणदेवी जाकिबञ्जार र खुल्लातर्फ मिठाराम न्यौपाने, मनिराज थापा, महितर्फ हिरा श्रेष्ठ र खुल्लातर्फ राजभक्त श्रेष्ठ तथा राजेश श्रेष्ठ हुनु भएको छ ।
मङ्गलवार मतदानका क्रममा विवाद भए पछि रोकिएको मतदान साँझ पुनः शुरु भएको थियो ।
नेपाली काँग्रेस जिल्ला सभापतिमा भने संस्थापनको तर्फबाट वर्तमान सभापति दुर्लभ थापा र अर्को पक्षबाट अष्टकुमार कवेँ पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । १३ औँ महाधिवेशनमा पनि थापा र कवेँ बीचको कडा प्रतिस्पर्धामा थोरै मतान्तरले थापा विजयी हुनु भएको थियो ।
क्षेत्र नं.२ मा कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पार्टी सभापति शेरबहादुर देउवा निकट थापा र देउवा इतर पक्षका मिश्रित व्यक्ति चुनिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्