तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुरको सङ्कलन लक्ष्यभन्दा बढी

भद्रपुर, झापा । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत शुभ रिजालका अनुसार चालु आ. व. को साउन महिनामा लक्ष्यभन्दा ४२ प्रतिशत, भदौमा लक्ष्यभन्दा १९ प्रतिशत, असोजमा लक्ष्यभन्दा ३६ प्रतिशत र कात्तिकमा सात प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । समग्रमा २७ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि करा बढी सङ्कलन भएको छ । झापाको माईपूर्व र इलाम, पाँचथर र तेह्रथुम जिल्ला सेवा क्षेत्र रहेको भद्रपुर कार्यालयले साउनमा २४ करोड ४७ लाख ६८ हजार लक्ष्य रहेकोमा ३४ करोड ९५ लाख ७४ हजार, भदौमा १९ करोड २८ लाख ७२ हजार लक्ष्य रहेकोमा २३ करोड सात लाख ९० हजार, असोजमा १७ करोड ८६ लाख ५७ हजार लक्ष्य रहेकोमा २४ करोड३७ लाख ८१ हजार र कात्तिकमा २० करोड ३२ लाख ५९ हजार लक्ष्य रहेकोमा २१ करोड ८७ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

चार महिनामा ८१ करोड ९५ लाख ५६ हजार सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकोमा एक अर्ब चार करोड २८ लाख ७२ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख कर अधिकृत रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button