काँग्रेस अधिवेशन: आज सबै जिल्लाको नतिजा सार्वजनिक हुने

काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधवार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधवार आउने बताउनुभयो ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधवार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधवार आउने बताउनुभयो ।
संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलवार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधवार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”
यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उहाँले बताउनुभयो। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदै छ ।








प्रतिक्रिया राख्नुहोस्