तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने तयारी’

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमै स्वास्थ्यकर्मीहरू पठाएर सबै विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने तयारीका साथ मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । 

मन्त्री पौडेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयको नेतृत्व सम्हाले पछिका आफ्ना कार्ययोजना एवं प्राथमिकताहरू सार्वजनिक गर्नुहुँदै सबै विद्यार्थीलाई खोप पुर्‍याउने कामलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभएको हो । 

विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए अनुसार ५ वर्ष माथिका सबै विद्यार्थीलाई पुग्ने गरी खोपको व्यवस्था मिलाइसकेको र नेपालमा खोप आईपुग्ना साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरी सम्बन्धित विद्यालयमै गएर खोप लगाउने व्यवस्था मिलाउने मन्त्री पौडेलले बताउनुभयो । 

मन्त्री पौडेलले कोरोनाका कारण कुनै पनि तहका विद्यार्थीको शैक्षिक सत्र नगुम्ने गरी शैक्षिक कार्यतालिका अगाडि बढाउन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button