सर्वोच्च अदालत परिसरमा धर्ना र विरोधको कार्यक्रम जारी

काठमाडौँ । नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोधको कार्यक्रमलाई जारी राखेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्चमा धर्ना दिँदै आएको बारले आगामी ९ गते बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म हुने मार्चपासमा सहभागी हुने जनाएको छ ।
सर्वोच्च परिसरमा राखेको धर्ना कार्यक्रमपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत सहभागी हुने जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले बारको अगुवाइमा भोलि देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम राखिएको समेत बताउनुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सत्तामा भाग खोजेर न्यायिक गरिमा कायम गर्न नसकेको भन्दै नेपाल बार आन्दोलनमा छ ।








प्रतिक्रिया राख्नुहोस्