तपाईँ सुन्दै हुनुहुन्छः

नेबिसंघका पूर्व अध्यक्ष महरद्वारा काँग्रेसको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा

डडेलधुरा ।  नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए लगत्तै पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गर्नुभएको छ ।  

मङ्गलवार डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा महरले १४ वटा एजेन्डा सहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।  

केन्द्रीय सभापति पदमा भने प्रधानमन्त्री एवम् वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प नभएको भन्दै पुनः देउवालाई सभापतिमा निर्वाचित गराउन मतदाताहरूलाई अनुरोध समेत गर्नुभयो ।  

राजनीतिमा नैतिकता र इमान्दारीताको खडेरी परिरहेको बेला आफुले राजनीतिलाई सहमार्गमा ल्याउन पहिलो पटक केन्द्रीय समितिमा उम्मेदवारी दिनु परेको महरको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button