कांग्रेस महाधिवेशन : तनहुँ क्षेत्र नं १ र २ को सभापतिमा मौराती र खनाल विजयी

तनहुँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्याम मौराती निर्वाचित हुनुभएको छ । ४६७ मत प्राप्त गरी मौराती क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी विश्व बास्तोलाले ३८८ मत प्राप्त गर्नुभयो । मङ्गलवार सकिएको मतगणना अनुसार पदाधिकारीमा पनि मौरातीको प्यानल नै विजयी भएको छ ।
क्षेत्रीय सचिवमा दयानिधी नराल र राजु बानियाँ निर्वाचित हुनुभएको छ । नरालले ४४५ र बानियाँले ४४१ मत प्राप्त गर्नुभएको छ । उहाँहरूको प्रतिस्पर्धी तारानरेश पौडेलले ३४७ र चुडामणि दाहालले ३४७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सहसचिवमा युवराज आले र शैलेश खाती निर्वाचित हुनुभएको छ । आलेले ४५६ र खातीले ४३० मत प्राप्त गर्नुभएको छ । उहाँहरूको प्रतिस्पर्धी रविन पौडेलले ३७५ र अर्जुन अधिकारीले ३५७ मत प्राप्त गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुषतर्फ वैकुण्ठ न्यौपाने ५५९, रघुनाथ पौडेल ४९१, रामचन्द्र पौडेल ४८०, दिपक भट्टराई ४५६, देवकुमार श्रेष्ठ ४५५, रेशमलाल गुरुङ ४४१, सुरेश भट्टराई ४२६, आनन्दराज त्रिपाठी ४२२, रामचन्द्र अधिकारी ४११ र लक्ष्मीप्रसाद आचार्य ४०५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
यस्तै खुल्ला महिलातर्फ चिनु पौडेल ५३०, नारायणी अधिकारी ४९९, विणा कैनी ४३९ र पुष्पादेवी श्रेष्ठ ४१९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। दलित खुल्लातर्फबाट डोवाटे विक ५७२, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले ५६२, रामबहादुर बानियाँ ४६७, जनजाति खुल्लामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुङ ४२१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ १५४० र आशा थापा ४०३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसङ्ख्या तर्फ लरसि दरै ५०९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । खस आर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।
महाधिवेशन प्रतिनिधिमा विजयीमध्ये आनन्दराज त्रिपाठी, देवकुमार श्रेष्ठ, आशा थापा र पूर्णबहादुर गुरुङ बास्तोलाको प्यानलका हुन भने अन्य सबै मौरातीको प्यानलबाट विजयी भएका हुनुहुन्छ ।
यसै गरी तनहुँ क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित हुनुभएको छ । खनालले ४४७ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो । प्रतिस्पर्धी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गर्नुभयो । पदाधिकारीमा खनालको प्यानल विजयी भएको छ ।
क्षेत्रीय सचिव जीवन चन्द ठकुरी ५१७ र सन्तोष घिमिरे ४८३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धा पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत प्राप्त गर्नुभयो । सहसचिवमा याम सारू मगर र चित्रबहादुर राना निर्वाचित हुनुभएको छ । उहाँहरूले क्रमशः १०३ र ५३६ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नरसिं रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गर्नुभएको थियो ।
क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना जारी छ । सोमबार सम्पन्न मतदानमा तनहुँ क्षेत्र नम्बर १ मा ९५४ मध्ये ९३१ मत खसेको थियो भने तनहुँ क्षेत्र नम्बर २ मा ८६६ मध्ये ८६० मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्