तपाईँ सुन्दै हुनुहुन्छः

मेरुदण्ड अपाङ्गता भएकालाई मेडिकल सामाग्री वितरण

सुर्खेत । मेरुदण्ड पक्षघात समूह नेपालले कर्णालीका मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क मेडिकल सामाग्री वितरण गरेको छ । 

समूहले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग एवं कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी कर्णालीका ११ जना मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक अत्यावश्यक मेडिकल सामाग्री निःशुल्क वितरण गरेको हो । 

मेडिकल सामाग्री वितरण गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले आउँदा दिनहरू सहुलियतपूर्ण कार्यक्रम ल्याउने योजनालाई प्राथमिकतामा राखेको जानकारी दिनु भयो । उहाँले काठमाडौँबाट आएर समूहले कर्णालीका मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क मेडिकल सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । 

कार्यक्रममा  मेरुदण्ड पक्षघात समूह नेपालका केन्द्रीय अध्यक्ष ऋषिराम ढकालले कर्णालीका हाल सङ्गठित ११ जनालाई १ वर्षसम्म पुग्ने गरी पाँच प्रकारका मेडिकल सामाग्री वितरण गरिएको बताउनु भयो । उहाँले अपाङ्गता भित्र पनि मेरुदण्ड पक्षघात भई अपाङ्गता भएकाहरूको अवस्था अन्यको भन्दा भिन्न र जटिल खालको हुने भएकाले तीनै तहका सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button