जहाँ खेतीयोग्य जमिन, त्यहाँ सिँचाइ: ऊर्जा मन्त्री भुसाल
चितवन । ऊर्जा मन्त्री पम्फा भुसालले अब सबै खेतीयोग्य जमिनमा सिँचाइको सुविधा दिने बताउनुभएको छ ।
भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुर महानगरका लागि विकास बहस कार्यक्रममा उहाँले कृषिमा आत्मनिर्भर बन्नका लागि सिँचाइ सुविधा अपरिहार्य भएको बताउनुभयो । ‘जहाँ खेतीयोग्य जमिन हुन्छ त्यहाँ सिँचाइ सुविधा हुन्छ ।’ उहाँले भन्नुभयो ।
जलवायु प्रभावका कारण अहिले नारायणी र कर्णालीले क्षति पुर्याएको भन्दै नारायणी नदीको तटबन्दको लागि मात्र २३ अर्ब रुपैयाँको गुरुयोजना रहेको जानकारी मन्त्री भुसालले दिनुभयो ।

कार्यक्रममा पर्यटन मन्त्री प्रेम बहादुर आलेले अड्किएको भरतपुर विमानस्थलको काम सुचारु गराउन आफू आएको बताउनुभयो ।
मन्त्री आलेले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतिको कामलाई छिटै पूर्णता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्य मन्त्री उमेश श्रेष्ठले चितवनमा जस्तो अन्य जिल्लामा पूर्वाधार नभएको भन्दै समय अनुसार ऐन र नीतिमा परिवर्तन गर्दै लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेणु दाहालले आफू मेयर भएपछिको साँढे चार वर्षमा गरेको विकास निर्माण कार्य प्रगति र निर्माणाधीन योजनाको बारेमा व्याख्या गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्