अछाममा भीरबाट लडेर एक जनाको मृत्यु
अछाम । अछाम जिल्लामा भिरबाट लडेर एक जनाको मृत्यु गएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का बल विकको भिरबाट लडेर मृत्यु गएको हो ।
गाउँ नजिकैको सानटुक्रा भिरबाट लडेर ४५ वर्षीय विकको आज मृत्यु भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।आज मध्यान्ह घाँस काट्ने क्रममा विकको लडेर ज्यान गएको उहाँले बताउनुभयो ।
केही महिना अगाडि उहाँको श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्