कांग्रेस महाधिवेशन : पानीको बोतलमा पनि उम्मेदवारको फोटो

सल्यान । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा एक उम्मेदवारले पानीको बोतलमा आफ्नो फोटा राखेर वितरण गरेका छन् ।
सङ्घीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीपेन्द्र कुमार खत्रीले आफ्नो फोटो रहेको पानीको बोतल वितरण गरेका हुन । काँग्रेसको १४ औँ महाधिवेशनको लोगो सहित खत्रीको आफूलाई बहुमतले जिताउन आग्रह गरेका छन् ।

खत्रीको फोटो राखिएको १ लिटरको पानीको बोतल सार्वजनिक स्थलमा राखिएको छ । चुनाव प्रचारको यो पनि एक रचनात्मक कार्य भएको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसको जिल्ला अधिवेशन अहिले सल्यान खलङ्गामा चलिरहेको छ । जिल्ला सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । देउवा प्यानलबाट केश बहादुर विष्ट र पौडेल प्यानलबाट ध्रुवराज पुरीको उम्मेदवारी परेको छ । जिल्लामा १ हजार २ सय ८० मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्