तपाईँ सुन्दै हुनुहुन्छः

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैङ्कले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

बैङ्कका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । 

यसअघि यही कात्तिक २९ मा बैङ्कले रु ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैङ्कले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैङ्कले मङ्गलवार ट्रेजरी बिल जारी गर्नेछ । 

राष्ट्र बैङ्कले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button