कञ्चनपुरमा विषादीको प्रभावकारिता बारे अध्ययन सुरु
कञ्चनपुर।कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा विषादीको प्रभावकारिता बारे अध्ययन सुरु भएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकारिताका लागि अध्ययन थालेका छन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालयमा रहेको ल्याबमा प्रभावकारिता बारे समेत अध्ययन गरिने बताउनुभयो ।
उहाँले बेलाबखतमा विभिन्न अध्ययन हुने गरेको भए पनि सो अध्ययन भने यहाँ करिब पाँच वर्षपछि हुन लागेको बताउनुभयो ।स्वास्थ्य कार्यालयमा स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालामा प्रभावकारी परिक्षण गरिनेछ। गत वर्ष मात्रै प्रदेश सरकारको लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
उक्त अध्ययन दश दिनसम्म सञ्चालन हुनेछ। उहाँले नमुनाका रुपमा भीमदत्त–९ र १० मा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्