माओवादी केन्द्र बागलुङका ६५ वडामा नयाँ नेतृत्व चयन
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले जिल्लाका ६५ वडामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार जिल्लाभर एकै पटक भएको वडा अधिवेशनबाट जिल्लाका ६५ वडामा नयाँ नेतृत्व चयन भएको जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।
८५ वडा रहेको जिल्लामा २० वडामा कामको सिजन भएकाले तोकिएको समयमा अधिवेशन गर्न नसकेको उहाँको भनाई छ । जिल्लाको ताराखोला, ढोरपाटन, काठेखोला, बागलुङ र बडिगाड गाउँपालिकाका अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ ।
माओवादीले वडा अधिवेशनमानै युवा, महिला र पिछडिएका वर्गलाई प्राथमिकता दिएको छ । अधिवेशन सम्पन्न भएका अधिकांश वडामा युवा नेतृत्व आएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे (अनिल) ले बताउनुभयो ।
३५ प्रतिशत महिला, ४० प्रतिशत युवा र वडामा रहेको सदस्य सङ्ख्याको आधारमा जनजाति तथा दलित सदस्य वडा कमिटीमा चयन भएका छन् । शनिबार भेला हुन बाँकी रहेका वडाहरूमा मङ्सिर ९ गतेसम्म अधिवेशन गरिसक्ने माओवादीले जनाएको छ । मङ्सिर १० गते पालिका अधिवेशन हुने भएकाले त्यसअघिकै वडा अधिवेशन सकिने छ ।








प्रतिक्रिया राख्नुहोस्