प्रधानन्यायाधीश जबराद्वारा इजलास तोकेर सबै प्रकृतिका मुद्दा पेसीमा

काठमाडौँ ।सर्वोच्च अदालतले आजदेखि सबै इजलासमा सबै प्रकृतिका मुद्दामा नियमित पेशी तोकेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजका लागि आफू बाहेकका एउटा एकल इजलाससहित ११ इजलास ३ सय ३४ मुद्दाको पेशी तोक्नुभएको हो ।
बन्दीप्रत्येक्षीकरणका मुद्दाको मात्र सुनुवाई गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रवारदेखि नियमित सुनुवाईमा फकिएपछि आज सबै प्रकृतिका मुद्दामा पेशी तोकिएको हो ।बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सक्ने गरी नियमावली संशोधनको प्रस्ताव पारित गरेपछि शुक्रवारदेखि सर्वोच्चका न्यायाधीशहरू नियमित इजलासमा फर्कनुभएको थियो ।
यता, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एशोसिएशनले आजदेखि तेस्रो चरणको आन्दोलन थालेको छ ।बारले आज देशैभर का अदालतमा बन्दीप्रत्येक्षीकरणबाहेकका मुद्दामा मशस पैरवी नगर्नै भएको छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै नेपाल बार एसोसिएसन एक महिना यता आन्दोलनमा छ ।








प्रतिक्रिया राख्नुहोस्