तपाईँ सुन्दै हुनुहुन्छः

प्रशासनिक भवन उद्घाटनका लागि आज प्रधानमन्त्री देउवा आउनुहुँदै

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका प्रशासनिक भवन निर्माण सम्पन्न भएको र त्यसको उद्घाटनका लागि आज आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा आउँदै हुनुहुन्छ ।

सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकाले झन्डै आठ करोड ५० लाख लागतमा निर्माण सम्पन्न गरेको आफ्नो प्रशासनिक भवनको आइतबार उद्घाटनको तयारी गरेको छ ।

प्रम देउवाले सीमावर्ती क्षेत्र देवानगञ्जको नवनिर्मित भवनको उद्घाटन र त्यसपछि बिपी स्मृति पार्कको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईँले नवनिर्मित भवनलाई उद्घाटनका लागि प्रधानमन्त्री देउवा हेलिकोप्टरमा बिहान ११ बजे देवानगञ्ज आउनुहुने कार्यक्रम गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button