एक महिनापछि खुल्यो जय पृथ्वी राजमार्ग
बझाङ । गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध बझाङको चैनपुर जोड्ने जय पृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ ।
जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।

राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको नारु गौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रकहरू र यात्रुवाहक बसबाहेकका साना यातायातका साधनहरू वारपार गर्न सक्ने बनाएको भए पनि पूर्ण रुपमा भने निर्माण गरिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्