तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन

काठमाडौँ । ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनः निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । 

स्वयम्भूमा आज आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गर्नुभयो ।
 

विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजन कीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान् गौतमबद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पुर्‍याइँदै आइएको छ । 

This image has an empty alt attribute; its file name is 257434992_901465857427066_1886916517161985932_n-1024x683.jpg

सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताउनुभयो । 

उहाँले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवद्र्धक भगवान् बुद्धको शाश्वत उपदेशको प्रवर्द्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एक अर्काका परिपूरक भएको उल्लेख गर्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताउनुभयो । 

“प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्यसको मौलिकपनलाई जोगाउन आवश्यक रहन्छ”, उहाँले भन्नुभयो, “यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान सङ्ग्रहालय, ज्ञानमाला भजन खलः लगायत संस्थाले प्रकृति र संस्कृतिको संरक्षणमा ध्यान दिनुहुनेछ भन्ने लागेको छ ।” उहाँले ऐतिहासिक पुरातात्त्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनः निर्माणमा सहयोग पुर्‍याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिनुभयो ।


 काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय कला, भाषा, संस्कृतिको संरक्षणमा महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले भजन खलः पुनः निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्नुभयो । 

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button