तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सेन्टर कैलालीको अध्यक्षमा भट्ट

गोदावरी। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

शुक्रवार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिवमा मङ्गल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय र टिआर कठरिया तथा कोषाध्यक्षमा राम दहित रहेका छन् ।

त्यस्तै सदस्यमा दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button