तपाईँ सुन्दै हुनुहुन्छः

कुपिण्डे तालमा डुबेर बालकको मृत्यु

सल्यान । सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको तालमा डुबेर सोही स्थानका ८ वर्षीय राजेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रवार दिउँसो साथीहरूसँग पौडी खेल्न जाँदा तालमा डुबेको र मृत अवस्थामा बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । 

घटनाको थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button