तपाईँ सुन्दै हुनुहुन्छः

आज २ सय ९६ संक्रमित थपिए, ३ सय ६९ सङ्क्रमणमुक्त

File Photo

काठमाडौँ । देशभर आज २ सय ९६ कोरोना संक्रमित थपिएका छन् । 

८ हजार ९ सय ७२ नमुनाको परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ३ सय ६९ जना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको हुनेको दर ९७ दशमलव ७ प्रतिशत छ । 

आज कोरोना संक्रमितमध्येबाट ५ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म ११ हजार ४ सय ९४ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

हाल ७ हजार ५ सय ३९ जना सक्रिय सङ्क्रमितले होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button