बान्नीगढी प्रिमियर लिग : आज ३ टिम प्रतियोगिताबाट बाहिरिए
अछाम । अछामको कालिका थालाकोट खेलमैदानमा जारी तेस्रो बान्नीगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो दिन ३ टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिग चरणका दुई वटै खेलमा पराजित भएपछि मंलासैनी युवा क्लब ओली गाउँ र नन्दा माध्यामिक विद्यालय कालिका र बाई टिमको रुपमा रहेको दर्नाले खेल नखेली वाक ओभर दिएपछि ३ टिम प्रतियोगिताबाट बाहिरिएका हुन ।
आज सम्पन्न खेलमा आयोजक कालिका युवा सञ्जाल बान्नीगढी ५, टङ्क स्मृति युवा क्लब जुपु र दिपक युवा क्लब कालिका विजयी भएका छन् ।
प्रतियोगितामा आयोजक कालिका र दिपक युवा क्लब स्पष्ट २ जित निकाल्न सफल भएपछि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु१ लाख ३१ हजारसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ६० हजारसहित कप, मेडल र प्रमाण पत्र हात पार्नेछ ।








प्रतिक्रिया राख्नुहोस्