तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबीच छलफल

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिव बीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको छ ।    

ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ  ।   

ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध विषयमा छलफल भएको हो ।  

प्रवक्ता भेटुवालले गत कात्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय हित र चासोका अतिरिक्त ऊर्जा क्षेत्रका साझा चासोका बारेमा सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो । 

नेपालले केही दिन पहिलेदेखि भारतलाई ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button