राप्रपाको महाधिवेशनको मिति परिवर्तन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।
यसअघि तय गरेको महाधिवेशनको मिति परिवर्तन गर्ने केन्द्रिय निर्वाचन समितिको सिफारिसलाई दृष्टिगत गर्दै पार्टीका अध्यक्षहरूको आज बसेको बैठकले महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा गर्ने गरी महाधिवेशनको मिति तोकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्