तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षीय हितका विषयसँगै कोभिड–१९ संक्रमण, खोप सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले जानकारी दिनुभयो । 

No description available.

छलफलमा जलवायु परिवर्तनका सम्बन्धमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोगका लागि प्रधानमन्त्री देउवाले गर्नुभएको आग्रहलाई अमेरिकी सहायक विदेश मन्त्री लुले सकारात्मक रुपमा लिनुभएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button