बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटामा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बौलाहा कुकुरले टोक्दा बुधवार राती र आज बिहान गरेर पाँच जना घाइते भएका हुन् ।
बौलाहा कुकुरको टोकाइबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ का ५० वर्षीय राजबहादुर सेटी, ४० वर्षीया मञ्जरी साउद, ३२ वर्षीया लक्ष्मी नाथ, २५ वर्षीय रमेश सेटी र रामबहादुर ऐर घाइते भएका छन् ।
यस्तै, ५५ वर्षीय राम बहादुर ऐर तथा लक्ष्मण सिंह सेटीको भैँसीलाई समेत बौलाहा कुकुरले टोकेको स्थानीय पदम सेटीले बताउनुभयो ।
घाइतेहरूलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका लागि पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्