तपाईँ सुन्दै हुनुहुन्छः

आचार संहिता विपरीत कार्य गरेको भन्दै जनगणनामा खटिएका सुपरिवेक्षक हटाइयो

राजविराज  । सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक जना कर्मचारीलाई हटाइएको  छ । 

आचार संहिता विपरीत कार्य गरेको भन्दै राष्ट्रिय जनगणना कार्यालय सप्तरीले सुपरिवेक्षक पदमा खटिएका मनोज कुमार मेहतालाई हटाइएको हो ।

‘सुपरिवेक्षक मेहताले आचार संहिता विपरीत कार्य गरेको पाइएकोले उनलाई तत्काल हटाइएको जिल्ला जनगणना कार्यालयका सप्तरीका प्रमुख सञ्जय कुमार चौधरीले जानकारी दिनुभयो । 

यद्यपि, उनलाई हटाउनुको कारण भने खुलाएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button