तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी

file photo

काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजलास तोक्नुभएको छैन ।

तोकिएका पेसीमध्ये एउटा पूर्ण इजलास, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button